कानून व्यवसायीको धर्नास्थलमा प्रहरीको घेरा

काठमाडौं । तीन सातादेखि आन्दोलित भएका कानून व्यवसायीले आज पनि प्रदर्शन सुरु गरेका छन् ।केही दिनदेखि सर्वोच्च अदालत परिसरभित्रैबाट धर्ना दिएका कानून व्यवसायीलाई आज भने भित्र प्रवेश गर्न दिइएको छैन ।

अहिले कानून व्यवसायीहरू नेपाल बार एशोसिएसनकै परिसरमा छन् । सर्वोच्च परिसरको प्रदर्शनस्थलाई सुरक्षाकर्मीले घेरा हालेर सुरक्षा दिएका छन् । अहिलेसम्म कानून व्यवसायी नियमित धर्नास्थलसम्म पुगेका छैनन् । सर्वोच्च परिसरमा यसअघिको भन्दा आज सुरक्षा व्यवस्था कडा गरिएको छ । बिहीबार पनि एसएलआरसहितका प्रहरी खटाइएको थियो ।

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले यही कात्तिक १४ गतेदेखि उनको राजीनामा माग्दै प्रदर्शन गर्दै आएका छन् । समस्या समाधानका लागि जबराले संवादमा आउन आग्रह गरे पनि नेपाल बारले उनले राजीनामा दिनुपर्ने सर्त राखेको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार