कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन आज

काठमाडौँ । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन हुँदैछ । अधिवेशनले क्षेत्रीय कार्यसमिति र प्रदेश महाधिवेशनका लागि प्रतिनिधिहरूको चयन गर्नेछ ।

केन्द्रीय निर्वाचन समितिकाअनुसार शुक्रबार देशभरका तीन सयभन्दा धेरै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैसाथ अधिवेशन हुँदैछ । सात प्रदेशमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र छन् । तर, त्यसमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन भइसकेको छ भने अन्य केही ठाउँमा तल्ला तहकै अधिवेशन पूरा नभएका कारण शुक्रबारै अधिवेशन हुनेछैन ।

केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले १० मंसिरभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी सबै जिल्लामा शुक्रबारदेखि प्रदेशसभा क्षेत्रीय अधिवेशन सुरू गर्न निर्देशन दिइएको छ । कांग्रेसले मंसिर २४ गतेदेखि काठमाडौंमा १४ औँ महाधिवेशन गर्दैछ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार