एमालेलाई पुनः सरकारमा कमब्याक गराउछौँ : भट्टराई

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा प्रचार–प्रसार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीलाई पूनः सरकारमा कमब्याक गराउनेगरि अघि बढिने बताउनुभएको छ ।

रिपोटर्स क्लबले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा भट्टराईले महाधिवेशन लगतै एमाले भिन्नै गतिको साथ अघि बढ्ने र निर्वाचनपछि एमाले पुन सरकारमा कमव्याक हुने बताउनुभएको हो । अर्को वर्ष मंसिरमा हुने आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले बहुमत ल्याउने उहाले दावी गर्नुभयो । उहाँले आगामी महाधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गरिनेपनि विश्वास दिनुभयो ।

सहमतिमार्फत नेतृत्व चयन हुने भन्दै उनले सहमति नभए हरेक व्यक्तिले आफूले चाहेको पदमा उठ्न पाउने धारणा राख्नुभयो । भट्टराईले आगामी महाधिवेशनले पार्टीभित्र रहेका सबैखाले तिक्तता कम गर्ने दाबी गर्नुभयो । उहाँले ५ लाखभन्दा बढि जनसमूदायको उपस्थितिमा महाधिवेशन गरिने धारणा पनि राख्नुभयो । उहाँले एमाले सरकारबाट प्रतिपक्षमा पुगेको अवस्था र माधव नेपालले पार्टी विभाजन गरेको अवस्थालाई भने पार्टीको चूनौतिको रुपमा लिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार