
काठमाडौं । नेकपा एमालेक उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिने भएका छन्।आर्इतबार दिउँसो ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरि रावलले आफ्नो उम्मेद्वारी सार्वजनिक गर्न लागेको उहाँ निकट स्रोतले बतायो।
‘तीन बजे उहाँको उम्मेद्वारी घोषणा हुँदैछ। त्यसकै लागि परामर्श गरिरहनुभएको छ,’ स्रोतले भन्यो, ‘आफ्नो टीमसहित हुन्छ या उहाँले मात्रै गर्नुहन्छ भन्ने कुरा त्यतिबेलै थाहा हुन्छ।’रावलले यसअघिनै प्रष्ट नभने पनि अनौपचारिक रुपमा कार्यकर्तासँग परामर्श गर्नुभएको थियो।
दश बुँदे सहमति कार्यान्वयन नभएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रावलको सम्बन्ध बिग्रिएको छ। दश बुँदे कार्यान्वयन गर्न असहयोग गरेको भन्दै रावलले कार्यदलबाटसमेत राजीनामा दिनुभएको थियो।
एमालेमा पार्टीभित्रको अन्तरसंघर्षका क्रममा रावल माधव नेपाल समूहमा थिए। तर माधव नेपालले नयाँ पार्टी गठन गरेपछि रावल एमालेमै बस्नुभएको हो।नेकपा एमालेको १० महाधिवेशन आगामी मंसिर १० गतेदेखि चितवनमा हुँदैछ। सेतोपाटीबाट