अध्यक्षमा उम्मेदवारी घोषणा गर्न केन्द्रीय कार्यालयमा ठाउँ दिइएन : रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज रिपोर्टस क्लव पुगेर आफू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।

आफूले एमाले केन्द्रीय कार्यालय थापाथलीबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्न लागे पनि उक्त ठाउँ उपलब्ध हुन नसकेको रावलले बताउनुभयो।महासचिव ईश्वर पोखरेलसँग केन्द्रीय कार्यालयमा कार्यक्रम गर्नेबारे जानकारी गराए पनि केन्द्रीय कार्यालयमा त्यस्तो कुनै कक्ष नभएको जवाफ आफूले पाएको रावल बताउँनुहुन्छ । एमाले महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार