तीन महिनासम्म मन्त्रिपरिषद् गठन गर्न नसक्ने हुतीराहाराले मलाई असक्षम भन्योः सिलवाल

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका निवर्तनमान सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री शेरबहादुर देउवादलाई हुतीहारा भएको आरोप लगाउनुभएको छ । उहाँले नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले आयोजना गरेको खेलकुद नीति सम्मेलनमा आफ्नो कुरा राख्ने क्रममा उहाँले अहिलेको सरकारलाई हुतिहारा भन्नुभएको हो।

उहाँले केपी ओलीको सरकार परिवर्तन हने वित्तिकै आफूलाई देउवा सरकारको मन्त्रिपरिषदले अक्षम, काम गर्न नसकेको भन्दै निर्णय गरेर निस्कासन गरेको भन्दै आक्रोश पोख्नुभएको छ । उहाँले आफू देशको काम गर्न कर्मचारीमध्ये सबैभन्दा राम्रो काम गर्नेमध्ये टप ३ मा रहेको दावी गर्दै असक्ष भनेर निर्णय गरेको भन्दै उहाँले भन्नुभयो, ‘तीन महिनासम्म पनि मन्त्रिपरिषद् गठन गर्न नसक्ने हुतीहाराले मलाई असक्ष बनेर निस्कासन गर्यो’

उहाँले खेलकुद मन्त्रालयमा कुनै सांसद मन्त्री बनेर आउन नचाहाने भन्दै यो मन्त्रालयलाई सबैले हेला गर्ने पनि बताउनुभयो । उहाँले खेलकुद मन्त्रालय सबैभन्दा धनी मन्त्रालय भएपनि मन्त्रालय माताहत भएको सम्पतिलाई सहि ढंगले सदुपयोग नगरेको कारण समस्या भएको उहाँले बताउनुभयो । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार