सोलुखुम्बु । आफ्नै बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरीलाई घाइते भएका हुन् ।
अत्यधिक मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भएपनि छोराको अवस्था भने गम्भीर रहेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभयो । अभियुक्तलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । जिल्लामा एसिड प्रहारको यो पहिलो घटना हो । ekantipurबाट