विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीबाट उद्योगपति एवं संघीय सांसद विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ । निर्वाचन अधिकृत चुडामणि कँडेलका अनुसार मधेशी, अल्पसंख्यक समुदायको कोटाबाट चौधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन हुनुभएको हो।

चौधरी निर्वाचन क्षेत्र नम्बर १ बाट सोमबार चुनिनुभएको हो । क्षेत्र नम्बर १ बाट २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५० जनाको उम्मेदवारी परेको छ । अल्पसंख्यक र मधेशी कोटामा भने चौधरी निर्विरोध चयन हुनुभएको हो। अन्य सबै पदमा मंगलबार निर्वाचन हुने छ । २०६४ मा एमालेबाट संघीय सांसद रहनुभएका चौधरी २०७४ को निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेलगत्तलै समानुपातिकतर्फ सांसद बन्नुभएको थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार