लोकप्रिय मत ल्याएर जित्छु : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गर्नुभयो ।

‘म दसौँ महाधिवेशनमा एमालेको सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्दैछु’, पत्रकार सम्मेलनमा बस्नेतले घोषणा गर्नुभयो । बस्नेतले अबको अध्यक्ष र प्रधानमन्त्री केपी ओली नहुने हो भने कम्युनिस्ट आन्दोलन कमजोर हुने भन्दै ओलीलाई साथ दिन आफ्नो उम्मेदवारी अनिवार्य रहेको बताउनुभयो । उहाँले कम्युनिस्ट आन्दोलन तोडफोड भइरहेका बेलामा पनि ओलीले नै एकताबद्ध बनाउने काम गरेको दाबी गर्नुभयो।

पाको उमेर समूह, नयाँ र अहिले भूमिका खेलिरहेको पुस्तालाई महाधिवेशनले समेट्नुपर्ने भन्दै आगामी निर्वाचनमा दुई तिहाइ ल्याउन पनि केपी ओलीलाई अध्यक्ष बनाउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले अध्यक्षमा भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अध्यक्ष ओलीले सर्वसम्मतको प्रयास गर्ने बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार