माधव नेपाललाई ओलीको कटाक्ष : चोइटिएर एमाले नेता घटेका छैनन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताउनुभएको छ। ‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाड्नुभएको हो ।

छाड्ने कम छन् । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ सम्पादकहरूसँग उहाँले भन्नुभयो । आउने चुनाव पछि एमालेले सरकार चलाउने उहाँको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उहाँले भन्नुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार