कांग्रेस अधिवेशन : अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियो

अछाम । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशनअन्तर्गतको चुनावको मतगणना भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ७४७ मत खसेकोमा ७६५ मत पत्र भेटिएका छन् । खसेकोभन्दा बढी मतपत्र भेटिएपछि अहिले सरोकारवालाहरू छलफलमा जुटेको निर्वाचन अधिकृत गणेशप्रसाद ढुंगानाले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार