
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान गर्नुभएको छ । अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेश जानुभएको हो । उहाँ बुधबार बेलुकी स्पेन जानुभएको हो ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन गएको उहाँको सचिवालयले जनाएको छ। प्रतिनिधिमण्डलमा प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राई पनि हुनुहुन्छ ।
यसैगरी प्रतिनिधिमण्डलमा संघीय संसदका महासचिव भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखको प्रमुख स्वकीय सचिव अर्जुन खत्री के।सी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावसका कार्यवाहक राजदूत अर्जुन अधिकारी पनि हुनुहुन्छ ।
अन्तर व्यवस्थापिका संघ (आई पी यू) र स्पेनको संसदको आयोजनामा मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा आई पी यूको १४३ औं सम्मेलन हुँदैछ । सम्मेलनलाई सभामुख सापकोटाले सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनमा सहभागी प्रतिनिधिमण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ। सेतोपाटीबाट