सहमतिमै नेतृत्व चयन हुन्छ : बादल

चितवन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निष्कर्ष रहेको बताउनुभएको छ ।

महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताउनुभयो ।आफू कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताउनुभयो । ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्यौँ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निष्कर्ष छ ।

सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । एमाले अध्यक्ष ओली केहीबेरमा चितवन जादै छहुनुहुन्छ । nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार