मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन जारि

हर्क घर्ती मगर
बेनी । मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्दशत्र जारि रहेको छ । म्याग्दीको सदरमुखाम बेनी स्थित जिल्ला समन्वय समितिको सभाहलमा जारि बन्दशत्रमा यो समाचार तैयार गर्दा सम्म संगठनको सांगठनिक एवं प्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन,विधान मस्यौदा प्रस्तुति छलफल एवं पारित गरिनुका साथै देशैभरिका विभिन्न १२ वटा क्षेत्रिय संयोजन समितिका संयोजकबाट संगठनको रिपोर्ट एवं विधान प्रतिवेदन माथि तिप्पनि राख्ने कार्य सम्पन्न भएको छ ।

जारि बन्दशत्रमा मोर्चाका सम्मेलन आयोजक समितिका सदस्य सुदर्शन थापामगरले सांगठनिक एवं प्रगति प्रतिवेदन,सदस्य निरू थापामगरले आर्थिक प्रतिवेदन र सदस्य इन्द्र घर्तीमगरले विधान मस्यौदा प्रस्तुत गरेका थिए भने प्रस्तुत प्रतिवेदन माथि तिप्पनि तथा सम्बन्धित क्षेत्रको रिपोर्ट समगरमाथाबाट संजिव लुङ्गेलिमगर,मेचिकोशिबाट बिशाल मगर,जनकपुरबाट शेर बहादुर शारूमगर,पुर्बिताम्सालिङबाट चरित्र थापामगर,नारायणीबाट शारदा थापामगर,बागमतिबाट जित बहादुर खपाङ्गीमगर,धौलागिरिबाट किरन पुनमगर,गण्डकिबाट दुर्गा थापामगर,लुम्बिनिबाट हरिप्रसाद घर्तीमगर,राप्तिबाट भिमप्रकाश पुनमगर,भेरीकर्णालिबाट कर्ण बहादुर थापामगर,सेतिमहाकालिबाट दान बहादुर थापामगरले राखेका थिए । प्रतिवेदन प्रस्तुति छलफल तथा पारित पश्चात अब बन्दशत्र निर्बाचन प्रकृयामा अगाडी बढ्ने प्रतिनिधि मण्डलले जानकारि दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार