पदाधिकारी बढाएर भए पनि सहमति गर्नुपर्छ : भट्टराई

चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले पदाधिकारीको संख्या बढाएर भए पनि सहमति गर्नुपर्ने बताउनुभएको छ । एमाले केन्द्रीय सदस्य भट्टराईले सहमतिका लागि पदाधिकारीको संख्या बढाउनुपर्ने बताउनुभएको छ । सहमति नभइ निर्वाचन भएको अवस्थामा आफू पार्टी सचिवमा उमेदवारी दर्ता गर्ने बताउनुभयो ।

‘मेरो दाबी सचिवमा छ। यदि सहमति भयो भने त्यो अर्कै कुरा हो,’ उहाँले भन्नुभयो, ‘सहमतिका लागि आवश्यक परेमा पदाधिकारी बढाउनुपर्छ भनेर हामीले भनेका छौं । चुनाव भएमा सचिवमा उम्मेद्वारी दिन्छु।’ भट्टराई राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक हुनुहुन्छ । अनेरास्ववियुका पूर्वअध्यक्ष समेत रहनुभएको उहाँ पार्टीभित्र उपमहासचिव विष्णु पौडेल निकट मानिनुहुन्छ । setopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार