फुटबलर पेमा र बिनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त

काठमाडौँ । फुटबलर पेमा लामा डोल्मा र बिना श्रेष्ठसहित आठजनालाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बार्ड सदस्यमा नियुक्त गरेको छ । बिहीबार बिहान खेलकुदमन्त्री महेश्वर गहतराजले पेमा र बिनासहित आठ बोर्ड सदस्यलाई नियुक्त गर्नुभएको हो ।

मन्त्रालयमा भएको एक कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको सपथ खानुभएको हो । बोर्ड सदस्यमा नियुक्त हुनेमा पेमा डोल्मा लामा, बिना श्रेष्ठ, मोहमद फाजिल, जनकप्रसाद बर्तौला, दिपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, अन्जन धमला र श्रीमान थापा मगर हुनुहुन्छ ।पेमा पूर्वफुटबलर हुन् । हाल उहाँ अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्य र महिला समितिको संयोजक हुनुहुन्छ ।

यस्तै बिना भने फिफा रेफ्री हुन् । यसअघि खेलकुद मन्त्रालय मन्त्रालयले राखेपमा नौ जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो । रिक्त पदमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको हो ।यसअघि सरकारले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो । एन्फाले नयाँ सदस्य सचिवका लागि खेलकुद ऐनअनुसार दस्ताखर आह्वान गरेको छ । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार