देशले नयाँ ध्रुवीकरण खोजेको छ : भट्टराई

बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशले नयाँ राजनीतिक ध्रुवीकरण र उथलपुथल माग गरेको बताउनुभएको छ ।

राजनीतिक क्रान्ति भएर व्यवस्था परिवर्तन भएपनि आम जनताको आर्थिक, सामाजिक स्तरमा खासै परिवर्तन आउन नसक्दा जनतामा निराशा र अन्योलता छाएको भन्दै उहाँले देशमा नयाँ वैकल्पिक शक्ति चाहिएको बताउनुभयो।आइतबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एवं पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा लगायतका पार्टीहरूबीच ध्रुवीकरण गरेर वैकल्पिक पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट रुपान्तरणकारी परिवर्तनको अपेक्षा गर्न नसकिने भट्टराईले बताउनुभयो । यद्यपि आगामी चुनावसम्म अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्ने बताउनुभयो ।नेकपा एमाले अग्रगमनको वाधक र नवफासीवादी शक्ति भएको उनको दाबी छ । उहाँले एमालेको महाधिवेशनको तडकभडक निभ्ने बेलाको वत्ति जस्तै भएको टिप्पणी गर्नुभयो ।onlinekhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार