
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरूवा भएको छ। बाँस्तोलालाई सार्क क्षयरोग केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिनुभयो।
बास्तोलाको ठाउँमा टेकु अस्पतालमै कार्यरत डा. मनिषा रावललाई जिम्मेवारी दिइएको छ। गत भदौमा टेकु अस्पतालको निर्देशक नियुक्त भएका डा. बास्तोला नेपालमा कोरोना महामारीको सुरू भएदेखि नै संक्रमितको उपचारमा खटिएका थिए।
त्यो बेला उहाँले राम्रो भूमिका निर्वाह गरेको भन्दै धेरै जनाबाट तरिफसमेत पाएका थिए। यस्तै थापाथलिस्थित प्रसुति गृहकी निर्देशक डा. संगिता मिश्रालाई मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी दिइएको छ । साथै हाल सार्क क्षयरोग केन्द्रमा रहेका डा. तारा पोखरेललाई मन्त्रालयको योजना महाशाखाको जिम्मेवारी दिइएको छ। सेतोपाटीबाट