जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा वृद्धि : अध्ययन

काठमाडौँ । जलवायु परिवर्तनका कारण जंगलमा डढेलोका घटना तीव्र बृद्धि भएको एउटा अनुसन्धानले देखाएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकाय सीएसआइआरओले गरेको अनुसन्धानमा पछिल्ला तीन दशकमा जलवायु परिवर्तनका कारण जंगलको डढेलोमा बृद्धि भएको देखाएको हो । नेचर कम्युनिकेसनमा प्रकाशित सो अध्ययनले यसअघि भएका डढेलोका विभिन्न आठ ओटा क्षेत्रको विश्लेषण गरेको थियो ।

डढेलोको मौसम लम्बिएको र जंगलको आगो तसमानियाको दक्षिणी टापुको जंगलमा मात्र सीमित नभएर देशको उत्तरपश्चिमस्थित क्विन्सल्यान्डको उष्ण क्षेत्रमा पनि फैलिएको जनाइएको छ ।‘हामीले डढेलो लागेका आठ ठाउँको अध्ययन गरेका छौं’, डढेलोको मुख्य कारक जलवायु परिवर्तन देखिएको छ,’ सीएसआइआरओका वैज्ञानिक पेप क्यान्डेलले भने । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार