कास्कीमा बस दुर्घटना : एकको मृत्यु, ८ घाइते

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । पोखराबाट बागलुङ जाँदै गरेको लु १ ख ७७६६ नम्बरको बस बिहान अन्नपूर्ण गाउँपालिकाको वडा नं. ३ पाउदुरमा दुर्घटनामा परेको हो । बस सडकभन्दा तल अन्दाजी ३० मिटर तल पुगेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार