अध्यक्ष पदमा पराजित भए केन्द्रीय समितिमा नबस्ने रावलको घोषणा

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्षमा उम्मेदवारी दिएका नेता डा.भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताउनुभएको छ । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणम स्वीकार्ने बताउनुभएको हो ।

निर्वाचन परिणम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो । रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पदका लागि प्रस्पिर्धामा छन् । प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उहाँले घोषणा गर्नुभयो ।अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो ।

उहाँले विद्युतीय मेसिनमा आफ्नो नम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पार्नुभयो ।एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पार्नुभयो । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहेको बताउनुभयो ।नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार