नेपाल प्रहरीमा ३ वटा पद थप गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा ३ वटा पद थपिएको हो ।गृहमन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरी ३ पद थप गरेको हो ।

एउटै दर्जामा लामो समय काम गरेका प्रहरी कर्मचारीको समेत बढुवा नहुँदा समस्या देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले ३ वटा पद थप्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो । प्रहरी प्रधान कार्यालयको प्रस्ताव अनुसार प्रहरी नियमावली संशोधन गरी ३ वटा पद कायम गर्न गृह मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठएको थियो ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रहरी नियमावली संशोधन गरिएको जानकारी दिनुभयो । सरकारले संशोधन गरेको प्रहरी नियमावली राजपत्रमा प्रकाशित भएपछि थपिएका पदको कार्यान्वयन हुने छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार