धवलागिरी गाउँपालिकाको गाउँसभाबाट थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित (तस्बिरहरु )

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको १३ औ गाउँसभा आइतबार मुनामा सम्पन्न भएको छ ।सभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बिनियोजन गर्न बाँकी बजेट बाँडफाड गरिनुका साथै संस्था दर्ता बिधेयक पारित गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा भएको सभामा अध्यक्ष थमसरा पुनले पेश गर्नुभएको प्रस्ताब सभाका सदस्यहरुले छलफल पछि पारित भएको थियो । संस्था दर्ता सम्बन्धी बिधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नबिकरण सम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ ।

महालेखा परिक्षकको कार्यालयको निर्देशन अनुसार गाउँपालिकाले योजना कार्यान्वयनका लागि गठन हुने उपभोक्ता समितिलाई पनि दर्ता गरेर सम्झौताको तयारी गरेको छ । उपभोक्ता समितिलाई जवाफदेही र जिम्मेवार बनाउन दर्ता गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताउनुभयो ।

गाउँसभाले गत आर्थिक बर्षमा खर्च हुन नसकेको र बाडफाँट गर्न बाँकी रु। तीन करोड ७० लाख बजेट चालु आर्थिक बर्षका लागि ५५ वटा योजना तथा कार्यक्रममा बिनियोजन गरेको छ । यसअघि गत असारमा भएको बाहै गाउँसभाले सामाजिक सुरक्षा भत्ता सहित चालु आर्थिक बर्षका लागि रु। ४८ करोड ४० लाख ९९ हजार ८२० को बजेट पारित गरेको थियो ।

उपाध्यक्ष रेशम छन्त्यालले क्रमागत अधुरा योजनालाई पुर्णता दिन प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो । लुलाङको वडा कार्यालय भवनलाई पूर्णता दिन ४० लाख र ताकमको वडा कार्यालय भवनलाई पुर्णता दिन थप  १६ लाख रुपैयाँ बिनियोजन भएको छ ।

वडा अध्यक्षले सिफारिस गर्ने योजनाका लागि सात वटै वडामा दश÷दश लाख रुपैयाँका दरले बिनियोजन भएको छ । संघीय र प्रदेश सरकारको खातामा फिर्ता गर्नुपर्ने ३५ लाख रुपैयाँ बजेट पनि सभाले बिनियोजन गरेको छ ।

गत असारमा बजेट बिनियोजन भएका केही योजना तथा कार्यक्रमहरुको बजेट शिर्षकान्तर र रकमान्तर गर्ने प्रस्ताव पनि गाउँसभाले गरेको छ । लेखा समितिको बैठक बस्न नसक्दा कार्यसूचीमा राखिएको बेरुजु फस्यौट सम्बन्धी प्रस्ताब सभामा पेश भएन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार