बेनी नगरपालिकामा मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण(तस्बिरहरु)

बेनी । स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभुत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा सात गते देखी सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको हो । तालिममा डाक्टर मुक्ती रिजाल,महेन्द्र लम्साल ,बन्धुराज पौडेल कबिता अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

तालिममा नगरपालिकाका हरेक वडा अध्यक्ष सहित तीन जना र पालिकाको न्यायीक समितिबाट चार जना कर्मचारी गरी ३५ जनाको सहभागिता रहेको थियो । तालिममा मेलमिलाप सम्बन्धी नेपालमा प्रचलित कानुनी व्यवस्था,मेलमिलाप पक्रियाका आधारमभुत चरणहरु ,विवाद समाधानमा ध्यान दिनुपर्ने कानुनि तथा न्यायीक पक्षहरु ,मेलमिलाप प्रक्रियाका प्रशंसनिय दृष्टिकोण ,विवादमा प्रभाव पार्ने सम्भाव्य समाजिक मुल्य र मान्यता प्रश्नहरु लगायतका बिषयमा प्रशिक्षण गराइएको थियो ।

समापन कार्यक्रममा नगरपालिका मेयर हरिकुमार श्रेष्ठले तालिमले न्यायीक समितिलाई सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा प्राप्त कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । मेयर श्रेष्ठले सामान्य विवादहरु टोल स्तरमै छलफलको माध्यमबाट सुल्झाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने बताउनुभयो । नगरपालिकाको न्यायीक समितिले हरेक वडामा मेलमिलाप केन्द्र स्थापना गर्नुपर्ने भएपनि विविध कारण ढिलाई भएको मेयर श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल ,प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगरपालिकामा मेलमिलाप सम्बन्धी कार्यविधि बनेको जानकारी दिनुभयो । न्यायीक समितिकी उजुरी सहजकर्ता कल्पना आचार्यले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा उपप्रमुख बरुवालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष लक्षमण बानियाँ ,प्रशिक्षक लम्साल ,प्रशिक्षार्थीहरु बिष्णु गौतम सापकोटा र तेजबहादुर घर्ति मगरले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार