म्याग्दीका उच्च क्षेत्रमा हिमपात,जनजिवन प्रभावित (फोटो फिचर)

म्याग्दी । म्याग्दीको माथिल्लो क्षेत्रमा बुधबार बिहानैदेखि वर्षासँगै हिमपात भएको छ । वर्षा र हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।जिल्लाको माथिल्लो क्षेत्रमा हिमपात भएपछि मानिस र पशु चौपाया जाडोका कारण कठ्याङ्ग्रिएर बस्न बाध्य भएका छन् ।

बेनी नगरपालिकाको ग्रामीण बस्ती सहित मालिका, म‌ंगला , धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा  हिमपात भएको छ । हिमपातका कराण चिसो बढको मालिका गाउँपालिका वडा नम्बर ४ का सुमन बुढाथोकीले जानकारी दिनुभयो । हिमपातका कारण चिसो बढेपछि स्थानीय बाहिर निस्कन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार