हिरादेवी फगामी बनिन् उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका

देविस्थान ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्वास्थ्य चौकीले आर्थिक बर्ष २०७७÷०७८को उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाको रुपमा हिरादेबी फगामीलाई सम्मान गरेको छ । स्वास्थ्य चौकीले साविक देविस्थान गाविस वडा नम्बर ६ की महिला सामुदायीक स्वास्थ्य स्वयंसेवीका फगामीलाई कार्यदक्षता, बैठकमा उपस्थिति, रेकर्डिङ्ग र रिपोर्टिङ्गको आधारमा उत्कृष्ट महिला सामुदायीक स्वयंसेविका घोषणा गरेको हो ।

१८ औं महिला सामुदायीक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा व्यवस्थापन समितीका पदाधिकारी , संस्थाका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितीमा फगामीलाई नगद सहित सम्मान गरिएको स्थास्थ्य चौकी प्रमुख तेजिन्द्र रानाले जानकारी दिनुभयो ।

कार्यक्रममा देविस्थान स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष होमबहादुर बुढाले ग्रामिण भेगमा स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेवीकाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको बताउनुभयो । शोभा फगामीले आगमी दिनमा सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाअध्यक्ष बुढाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन स्वास्थ्य चौकी प्रमुख रानाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार