त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस र विश्राम कक्ष सञ्चालनमा आएको छ । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक टर्मिनल स्टेसनमा सटल बस र अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम कक्षको शुभारम्भ गर्नुभएको छ ।

हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म तीन वटा सटल बसले आन्तरिक टर्मिनलदेखि विमानस्थलको गोल्डेन गेटसम्म यात्रुलाई निःशुल्क सेवा दिने मन्त्री आलेले जानकारी दिनुभयो ।त्यस्तै, गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारका लागि विमानस्थलमा आराम गर्नका लागि विश्राम गर्न कक्ष निर्माण गरिएको उहाँले बताउनुभयो ।

मन्त्री आलले आफूले मन्त्रीको जिम्मेवारीमा रहुन्जेलसम्म विमानस्थलमा सुधारउन्मुख कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । विश्राम कक्षमा वैदेशिक रोजगारमा जाने श्रमिकका लागि विभिन्न सुविधान उपलब्ध गराइएको छ । त्यस्तै कक्षमा विमानस्थलभित्र कुनै समस्या परे गुनासो गर्नका लागि पर्यटन मन्त्रालय र बिमानस्थलको हटलाइन नम्बर राखिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार