राष्ट्रियताको एजेन्डा बलियो बनाउन नसके राजनीतिक दलहरू सकिन्छन् : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेन्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताउनुभएको छ ।

भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले नेपाली राजनीतिमा तीनवटा ब्रान्ड रहेको भन्दै बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष्ट्रियताको एजेन्डा बलियो बनाउन नसक्ने दलहरू सकिने बताउनुभएको हो ।आफूहरु परिवर्तनकामी रहेको भन्दै उहाँले हरेक क्रान्ति आन्तरिक कारण रहने गरेको बताउनुभयो ।

राज्यका विभिन्न अंगमा विदेशीले हात हाल्न खोजिरहेको भन्दै पूर्वप्रधानमन्त्री नेता नेपालले जनताको चाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । नेपाल हिन्दु र बौद्धधर्मको उद्गमथलो रहेको भन्दै उहाँले अहिलेसम्म नभएको जाति द्वन्द्व निम्त्याउन दिन नहुनेमा पनि जोड दिनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार