फिल्म खेल्नजस्तो राजनीति सहज छैन : कुन्ती शाही

काठमाडौँ । राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि कुन्ती शाहीले महामन्त्रीकै अर्की उम्मेदवार रेखा थापाप्रति लक्षित गर्दै राजनीति फिल्म खेल्न जस्तो सहज नभएको टिप्पणी गर्नुभएको छ ।

शाही अध्यक्षका उम्मेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उम्मेदवार हुनुहुन्छ । सोही पदमा राजेन्द्र लिङ्देन समूहबाट रेखा थापा पनि उम्मेदवार हुनुहुन्छ । उम्मेदवारी दर्तापछि आज भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै शाहीले रेखालाई लक्षित गर्दै फिल्म खेल्नजस्तो राजनीति सहज नहुने बताउनुभयो ।

‘उहाँ असाध्यै भ्रममा, राजनीति नै थाहा छैन विचरा,’ रेखालाई लक्षित गर्दै शाहीले भन्नुभयो, ‘राजनीति भन्ने कुरा अब थाहा पाउनु हुन्छ।’ उहाँले रेखालाई जनताका माझमा जान पनि आग्रह गरेकी छिन्। ‘चुनाव आउँदैछ जनताको माझमा जानुस्। फिल्म खेल्नजस्तो सहज राजनीतिमा हुँदैन,’ उहाँले भन्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार