पाकिस्तानमा प्रधानमन्त्रीको अनुमतिबिना मन्त्रीले विदेश भ्रमण गर्न नपाउने

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा रोक लगाएको विवरणहरु सार्वजनिक भएका छन् । आफू सामान्यतया विदेश भ्रमण नगरेको र अन्य मन्त्रीहरुलाई पनि आफ्नो अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएको विवरणहरुमा जनाइएको छ ।

सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशको जल्दोबल्दो समस्या समाधान गर्नुपर्ने उनको भनाई छ । सामान्य गोष्ठी वा सम्मेलनको बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनको सुझाव छ । ‘हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलो प्रथमिकता हो खानले भनेका छन् ।

यसैबीच, कोभिड संक्रमणको नयाँ भाइरस ओमिक्रोनको त्रास बढिरहेका बेला खोपसम्बन्धी नयाँ योजना घोषणाा गरेको छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरुलाइ बुस्टर डोज दिने भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार