स्रोत नखुलेको ६९ लाख ५० हजारसहित एक पक्राउ

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो।

प्रहरीले त्यस पसलका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको मैनालीले बताउनुभयो । उहाँका अनुसार दरबारमार्ग क्षेत्रमा स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने सूचना प्रहरीले पाएको थियो। सो सूचनाको आधारमा प्रहरीको टोली गत शुक्रबार खटिएको थियो । टोली बिइङ ह्युमनको कपडा पसलमा पुगेर चेकजाँच गर्दा त्यहाँ ६९ लाख ५० हजार नगद फेला पारेको थियो।

म्यानेजर हिरोसी खनालले स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान तथा कारवाहीको लागी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाएको छ । उनीबाट एक हजारका दरले १०० वटा भएको ४९ लाख रुपैयाँ, ५००का दरको १०० वटा भएको २० लाख ५० हजार रुपैयाँ र बिइङ ह्युमनको निलो रंगको झोला बरामद गरेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार