शिकार खेल्ने क्रममा गोली लागेर एक युवकको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ मा गोली लागेर युवकको मृत्यु भएको छ । गएराति शिकार खेल्ने क्रममा गोली लागेर १७ वर्षीय रोहित मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डीएसपी युवराज खड्काका अनुसार, शिकार खेल्न जंगल गएका बेला गोली लागेर मल्लको घटनास्थलमै मृत्यु भएको हो । सो घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सुनबहादुर गुरुङ राहित मल्लकै छिमेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार