एजेन्सी । अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिनुभएको छ । प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको बताउँदै यसो गरे मात्रै प्रकोप रोक्न सक्ने बताउनुभएको छ ।
उहाँले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमाथि भ्याक्सिनको प्रभाव कम हुनसक्ने पनि चेतावनी दिनुभएके छ । गिल्बर्टका अनुसार जबसम्म यो नयाँ भेरियन्टबारे थप जानकारी प्रकाशित हुँदैन तबसम्म मानिसहरु थप सावधान रहन आवश्यकता छ ।उक्त लेक्चरमा उहाँले भन्नुभयो, ‘कुनै भाइरसले हाम्रो जीवन र हाम्रो आजिविकालाई खतरा निम्त्याइरहेको यो अन्तिम पटक होइन । वास्तविकता त यो हो कि अर्को महामारी अझै खतरनाक हुनसक्छ । यो थप संक्रामक र थप घातक दुबै हुनसक्छ ।’ रातोपाटीबाट