कांग्रेस सभापतिमा देउवालाई उम्मेदवार बनाउने संस्थापन पक्षको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षको बैठकले पार्टीको नेतृत्वमा सभापति शेरबहादुर देउवाको विकल्प नभएको निष्कर्ष निकालेको छ ।प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा निवास बुढानिकण्ठमा बुधबार बसेको सो पक्षको बैठकले अहिले नै पार्टीको नेतृत्व परिवर्तन आवश्यक नरहेको र मुलुकले नै देउवाको नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

बैठकले पदाधिकारीका विषयमा टुङ्गो लगाउन सकेन । बैठकपछि सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति देउवाको विभिन्न विचारधारा भएका दलहरुलाई जोड्न सक्ने गुण भएकाले पार्टीको सभापतिमा देउवा नै रहनुपर्ने बताउनुभयो । उहाँले पदाधिकारी र केन्द्रीय सदस्यमा आकंक्षा राख्नेहरुसँग परामर्श गरेर निष्कर्षमा पुर्याउने दाबी गर्नुभयो । पदाधिकारीका बारेमा पार्टी सभापतिले नै निर्णय लिने उहाँले बताउनुभयो ।

त्यस्तै, कांग्रेस नेता बालकृष्ण खाणले देउवालाई नै पार्टी सभापतिको रुपमा अघि बढाउन सहमति भएको जानकारी दिनुभयो । उहाँले महाधिवेशनपछि पदाधिकारी थप गर्ने विषयमा छलफल भएको बताउनुभयो । कांग्रेसको संस्थापन पक्षभित्र सभापतिमा देउवाको नाममा एकमत रहेपनि महामन्त्रीमा बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउदलगायतले दाबी गर्दै आउनुभएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार