प्रतिस्पर्धामा जीतहार हुन्छ, जसलाई सामान्य लिनुपर्छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको १४ औं महाधिवेशनमा सकभर सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयत्न भइरहेको बताउनुभएको छ । बिहीबार काँग्रेस नेता डा. प्रकाशशरण महतको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

पर्सीदेखि हाम्रो पार्टीको महाधिवेशन सुरु भइरहेको छ । नेपाली काँग्रेसका लागि पार्टीको यो महाधिवेशन अत्यन्तै महत्वपुर्ण छ’, सभापतिका लागि उम्मेद्वार घोषणा गरिसकेका देउवाले भन्नुभयो, ‘हामी भरसक सहमतिका साथ जान्छौ, केही लागेन भने प्रजातान्त्रिक तरिकाले अधिवेशनमा प्रतिस्पर्धा पनि होला ।’ उहाँले प्रतिस्पर्धामा स्वभाविक रुपमा जितहार हुने भएपनि त्यसलाई सामान्य रुपमा लिनुपर्ने बताउनुभयो । ‘प्रतिस्पर्धाबाट जीतहार हुन्छ । यसमा जित्नेले हार्नेको सहयोग र हार्नेले जित्नेको सहयोग लिने सामान्य प्रक्रियाका रुपमा लिनुपर्छ’, देउवाको भनाई छ ।

उहाँले प्रतिस्पर्धालाई कटुताका रुपमा नलिन समेत आग्रह गर्नुभयो । देउवाले काँग्रेसको महाधिवेशन पार्टीका लागि मात्रै नभएर नेपालकै प्रजातान्त्रिक भविस्यका लागि पनि अत्यन्तै महत्वपुर्ण हुनसक्ने बताउनुभयो । साथै उहाँले महाधिवेशनप्रति सवैको उत्साह रहेको भन्दै महाधिवेशन सफल पारेर पार्टीलाई बलियो बनाउदै भोलीको आम चुनावमा पहिलो पार्टी बनाउने काममा लाग्न आग्रह गर्नुभयो ।

प्रकाशशरणलाई रामशरण भनेपछि…

तीन मिनेट सम्बोधन गरेका देउवाले काँग्रेस नेता तथा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतलाई रामशरण महत भनेर सम्बोधन गरेपछि हलमा हाँसो गुञ्जिएको थियो । देउवाले प्रकाशरण भन्नुपर्नेमा पुस्तकका लेखक रामशरण महतज्यू भनेपछि ड्यासबाट प्रकाशशरण भन्न आग्रह गरियो । त्यसपछि देउवाले केरे भनेर प्रश्न गर्दै सरी भन्दै डा. प्रकाशशरण महत भनेर सम्बोधन गर्नुभयो । त्यसपछि पुन हाँसो गुन्जियो । उहाँले रामशरण भनेकोमा माफी पनि मागे । भने, ‘माफ गर्नुहोला प्रकाशशरण महत ज्यू’ भनेर सम्बोधन सुरु गरेका थिएँ । हाँसो नरोकिएपछि देउवाले पुन: भन्नुभयो, ‘किताब रामशरणले लेख्छ भन्या प्रकाशशरणले लेखिहाल्यो के गर्नु त ? भन्दा फेरि हलमा हासो गुञ्जिएको थियो ।ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार