गण्डकीका मुख्यमन्त्री पोखरेलद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदजवारी दिने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले बुधबार साँझ आयोजित एक कार्यक्रममा पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । विपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन एकपटक केन्द्रीय समितिमा रहेर काम गर्न चाहेको उहाँको भनाइ छ ।

वि.सं २००५ जेठ ५ गते तनहुको राम्चेमा जन्मिनुभएका पोखरेलले मुलुकलाई अप्ठ्यारो परेको बेला निकास दिने कांग्रेस भएकाले अबको चुनावमा प्रष्ट बहुमत ल्याउने गरी महाधिवेशनपछि तयारी थाल्नुपर्ने बताउनुभयो । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदै छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार