काँग्रेस केन्द्रीय समितिको बैठक पौडेलले बहिस्कार गर्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने हुनुभएको छ । महाधिवेशन सुरु हुने अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिस्कार गर्ने हुनुभएको हो ।

पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य हुने स्पष्ट पारिसक्नुभएको छ । बैठक बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको भएपनि नेताहरु आन्तरिक छलफलमा व्यस्त हुँदा एक बजेसम्म सुरु हुन सकेको छैन ।

बैठकबाट विधान परिवर्तन गर्दै सहमहामन्त्री पद थप्ने तयारी संस्थापन पक्षको छ । तर पौडेलले त्यसलाई अस्वीकार गर्नुभएको हो । आजै बिहान काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पौडेललाई भेट्न पुगेका थिए भने सो क्रममा उहाले विधान परिवर्तन गर्ने तयारीमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति रहनेछ ।

शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनको अघिल्लो दिन काँग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो । आगामी महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा पुनः नेतृत्वका लागि चुनाव लड्दै हुनुहुन्छ । संस्थापन इतरबाट भने सभापतिका साझा उम्मेदवारको तय भइसकेको छैन । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार