नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी

काठमाडौँ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने हुनुभएको छ। मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले तयारी गर्नुभएको हो ।

अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहनुहुने छ । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले बताउनुभयो । आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने बताउँदै उहाँले पार्टी घोषणा भइसकेपछि मात्र कमिटी विस्तार गर्ने जानकारी दिनुभयो ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उहाँ लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लड्नुभएको थियो। प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बन्नुभएको थियो भने एकजनाले प्रदेशसभामा चुनाव जित्नुभएको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार