कांग्रेस सभापतिमा देउवा दोहोरिनु हुँदैन : मिनेन्द्र रिजाल

काठमाडौँ । रक्षामन्त्री एवन् नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले पार्टी सभापतिमा शेरबहादुर देउवा दोहोरिन नहुने बताउनुभएको छ ।महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका रिजालले शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्रीको रुपमा देउवा शतप्रतिशत ‘लोयालिटी’ भएपनि पार्टी सभापतिको रुपमा फरक मत रहेको बताउनुभयो ।

अहिले देखिएजस्तो अनुहार पार्टीमा देखिए मतदानमा जनताले नपत्याउने उहाँको भनाइ थियो ।उहाँले संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको स्वीकार्नुभएको छ । उहाँले भन्नुभयो,“हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौँ तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन ।”

उहाँले सभापतिको उम्मेदवार टुंगो नलाग्दा आफूहरु पनि अलमलमा परेको गुनासो गर्नुभयो । “म अहिले शिर खोजिरहेको छु, सभापतिको उम्मेदवार को बन्ने निश्चित छैन,” उहाँले भन्नुभयो,“देउवाको विकल्पमा लागेका छौँ । तर, सहमति हुन सकेको छैन ।”उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने प्रयास भइरहेको बताउनुभयो । पौडेल समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सभापतिमा अडान छोड्नुभएको छैन । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार