सहमहामन्त्रीको मतगणनामा राठौरको अग्रता

काठमाडौँ । नेपाली काँग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी रहेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेको हो । यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकनुभएको छ ।

आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारु, खसरआर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो। खसरआर्यतर्फ देउवा समूहका किशोरसिंह राठौरले अग्रता लिउनुभएको छ । उहाँले शेखर समूहका देवराज चालिसेलाई पछि पार्नुभएको हो । अहिलेसम्म दुई सय मत गनिसकिएको छ । जसमा राठौरले एक सय सात र चालिसेले ९१ मत पाउनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार