
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार आज का लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार बैठक आज अपराह्न ४ बजे बस्ने छ। बैठकमा संसदमा सहभागी सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ । विगत लामो समयदेखि नेकपा (एमाले) ले अवरोध गर्दै आएकाले दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ।
शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उद्देश्यका साथ सर्वदलीय बैठक बोलाउन आग्रह गर्नुभएको थियो।यद्यपी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने पार्टीका नेताले बताउनुभएको छ । nagariknews.nagariknetworkबाट