कोभिड खोप लिएर आएको चिनियाँ विमान काठमाडौं विमानस्थलमा अवतरण नगरी फर्कियो

काठमाडौँ । चीनबाट कोभिड–१९ विरुद्धको खोप लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी फर्किएको छ । सिचुवान एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा अवतरण हुन नसकेपछि छेन्दु फिर्ता भएको विमानस्थलका महाप्रबन्धक भोला प्रसाद गुरागाईंले बताउनुभयो ।

सो विमान चीनको छेन्दुबाट १२ लाख डोज खोप बोकेर काठमाडौं आएको थियो । खराब मौसमका कारण काठमाडौंको आकाशमा डेढ घण्टा होल्ड भएपछि जहाज छेन्दु फिर्ता भएको छ । जहाज काठमाडौं फर्किने कार्यतालिका आउन बाँकी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालयका महाप्रबन्धक गुरागाईंले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार