पूर्वसांसद इच्छाराज तामाङतर्फका वकिलले थाले बहस

काठमाडौँ । सिभिल ग्रुप अन्तर्गतको सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमार्फत ठगेको आरोपमा थुनामा रहेका पूर्वसांसद इच्छाराज तामाङतर्फका कानुन व्यवसायीले अदालतमा बहस शुरु गरेका छन् । इच्छाराज तर्फका कानुन व्यवसायीहरुले जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस शुरु गरेका हुन् ।

न्यायाधीश राजकुमार कोइरालाको इजलासमा जाहेरवाला र सरकारी वकिल तर्फको बहस सोमबार सकिएको छ । इच्छाराज तामाङलाई असोज १८ मा सिआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो)ले सुन्धाराबाट पक्राउ गरेको थियो । सहकारीमार्फत ठगेको आरोपमा ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मंसिर १७ मा अभियोगपत्र दायर गरेको थियो । इच्छाराजको तर्फबाट अधिवक्ता डा। कुन्छान लामा, राजेन्द्र श्रेष्ठ र अजय तामाङ सहितका कानुन व्यवसायीले बहस गर्दैछन् ।

इच्छाराज सहित १२ जना थुनामा छन् । अन्यलाई फरारको सुचिमा राखेर अभियोग पत्र दायर गरिएको छ । अभियोगपत्र अनुसार तामाङले ठगीमा परेका बचतर्कताको रकम फिर्ता दिने दायित्व आफ्नो नभएको जिकिर गरेका छन् ।

सिभिल सेभिङ एण्ड क्रेडिटका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठको तर्फबाट हेमराज पोखरेल र शिवप्रसाद रिजालले बहस गर्दैछन् । अर्का आरोपी हरिहर लामिछानेको पक्षबाट अधिवक्ता प्रभाकर खनाल र प्रतिक्षा शर्माले बहस गर्ने भएका छन् । उनि पूर्व लेखा समिती सदस्य हुन् । आरोपी विजय बिक्रमको तर्फबाट अधिवक्ता अमर बहादुर राउत र उपेन्द्र कोइरालाले बसह गर्ने भएका छन् । शाह र सिभिल होम्सका बरिष्ठ प्रबन्धक हुन् ।

सिभिल सेभिङ्गसका वर्तमान अध्यक्ष केशवलाल इच्छाराका मामा ससुरा हुन् । अध्यक्ष सँगै उनी सहकारीमा ऋण शाखा प्रमुखको जिम्मेवारीमा थिए । सहकारीको सहजकर्ता प्रबन्धक भगवान बहादुर सिंह, जुनियर असिसटेन्ट मेनेजर मायोनानी महर्जन, जुनियर असिसटेन्ट मेनेजर एलिना तुलाधर, जुनियर अधिकृत शंकार प्रसाद पाठक, असिस्टेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन र जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ थुनामा छन् । त्यस्तै, जुनियर सहायक प्रबन्धक कौस्तुभ केतन ढुंगाना पनि थुनामा छन् ।

सिभिल सेभिङ्गस एण्ड क्रेडिट को अपरेटिभबाटै अघि बढेका इच्छाराजले २१ वटा कम्पनी स्थापना गरेका छन् । ति कम्पनी व्यक्तिगत छन् । सिभिल सेभिङ्गसमा सर्वसाधारणले गरेको बचत रकम अवैध तरिकाले पारिवारिक सदस्यहरु संचालक रहेका ति कम्पनीमा लगानी गरेको भेटिएको केन्द्रिय अनुसन्धान व्यूरोका एसपी श्याम कुमार महतोले बताए ।

ललितपुरको धापाखेलमा रहेको सिभिल होम्स प्रालि ति कम्पनी मध्येको एउटा हो । परिवारका मान्छेको नाममा धापाखेलमा सस्तो मुल्यमा जग्गा किनेर सिभिल होम्सले महंगोमा किनेर घर बनाएको थियो । त्यहाँ ११ सय भन्दा बढी घर बनाएर सर्वसाधारणलाई सो कम्पनीले चर्को मुल्यमा बेचेको थियो । तर, घर बेचेर आएको रकम सिभिल होम्सले सहकारीलाई फिर्ता गरेको देखिएको छैन् । आफ्नो स्वामित्वमा रहेका सवै कम्पनी इच्छाराजले घाटामा गएको देखाए कर समेत छलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार