
काठमाडौं । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । १६२ मत ल्याएर पौडेल अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याउनुभएको थियो ।
त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित हुनुभएको छ । सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) विजयी हुनुभएको छ । उहाँले १४९ मत प्राप्त गर्नुभएको थियो । सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ । कोषाध्यक्ष पदमा संगीता भट्टराई निर्वाचित हुनुभएको छ । नागरिक खबरबाट