नाडाका अध्यक्ष थापाद्वारा पदभार ग्रहण

काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका नवनिर्वाचित अध्यक्ष ध्रुवबहादुर थापाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार नाडाको केन्द्रीय सचिवालय टेकुमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल समक्ष थापाले पद तथा गोपनीयताको सपथ लिएर पदभार ग्रहण गर्नुभएकोे हो ।

गत मंसिर २२ र २३ गते राजधानीमा सम्पन्न नाडाको ४५औँ साधारणसभा तथा संघको निर्वाचनले थापालाई अध्यक्षमा चयन गरेको थियो । अध्यक्ष थापाले नाडाको गरिमा उच्च हुने गरी आफ्नो कार्यसमितिले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा थापाले सम्पूर्ण कार्यसमितिको साथ र सहयोग लिएर नै आफू अगाडि बढ्ने र सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो। पदभार ग्रहण गरे लगत्तै अध्यक्ष थापाले पहिलो बैठकमै तीन जना केन्द्रीय सदस्यहरु मनोनित गर्नुभको छ ।

मनोनित सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल रहनुभएको छ। योसँगै थापाले निर्वाचित १७ जना केन्द्रीय सदस्यसहित तीन मनोनीत सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ खुवाउनुभएको छ ।

निर्वाचनमार्फत अध्यक्ष थापासहित अन्य कार्यसमिति सदस्यमा मीलनबाबु मल्ल, अनुपकुमार बराल, राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योती, प्रकाश कपुरी, बिक्रम सिंघानिया, गोपाल भट्टराई निलमणि पाठक, निराकर श्रेष्ठ, वरदान बस्नेत, यमुना श्रेष्ठ, कपिल सिवाकोटी, पंकज अग्रवाल, प्रदीपमान प्रधान र आकाश गोल्छा निर्वाचित हुनुभएको थियो। अब नाडाको ४ उपाध्यक्षसहित, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीहरूको टुंगो निर्वाचन मार्फत नै लगाइने भएको छ । महासचिवमा भने सुरेन्द्रकुमार उप्रेती सर्वसम्मत चयन भइसक्नुभएको छ । उप्रेती यसअघि नाडाको कोषाध्यक्ष रहनुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार