पीएम कपलाई टी–२० फर्म्याटमा लैजान क्यानको प्रस्ताव

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एक दिवसीय क्रिकेटलाई टी–२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्यानका म्यानेजर विनोद दासले यसअघि हुँदै आएको ५० ओभरको खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको बताउनुभएको हो । ‘हामी ग्लोबल छनोटमा टी–२० खेल खेल्दैछौँ । त्यसलाई सहयोग हुन्छ भनेर एकदिवसीयलाई टी–२० मा लैजान आग्रह गरेका हौँ। उहाँहरू सकारात्मक हुनुहुन्छ ।’ दासले भन्नुभयो ।

बर्सेनि आयोजना हुने पीएकपलाई राखेपले आर्थिक सहयोग गर्दै आएको छ । म्यानेजर दासले यो निर्णय चाडै सार्वजनिक हुने समेत बताउनुभयो । बिहीबार नै क्यानले प्रशिक्षण पुबुदु दासानायकेलाई सार्वजनिक गरेको छ । क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत पुबुदुले ३० खेलाडी ग्लोबल छनोटको लागि सुरुवाती प्रशिक्षणमा बोलाउने र नाम आजै बेलुकी वा भोलि बिहानसम्म सार्वजनिक गरिने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार