खुकुरी सहित विद्यालय पसेर आतंक मच्चाउने डडुवाका एक युवा प्रहरी नियन्त्रणमा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, डडुवा स्थित ज्योति आधारभुत विद्यालयमा स्थानीय एक युवाले शुक्रवार खुकुरी सहित विद्यालयभित्र आतंक मच्चाएका छन् । स्थानीय अन्दाजी ३५ बर्षिय सुवास कार्कीले दिउँसो करिब ११ बजेर ५५ मिनेट जाँदा विद्यालयमा प्रवेश गरि कार्यालयमा तोडफोड गरेको विद्यालयले जनाएको छ । शिक्षकलाई समेत धम्काउँदै कार्यालयको टेवुलमा खुकुरी प्रहार गर्ने काम गरेपछि विद्यालयका विद्यार्थी र शिक्षकहरु केहि समय त्रासमा बस्नुपरेको थियो ।

उनका श्रीमती र अन्य व्यक्तिहरुले समेत गरि कार्कीको हातबाट खुकुरी नियन्त्रणमा लिएर घरमा पुर्याइएको थियो । विद्यालयमा पठनपाठन भैरहेकै समयमा खुकुरी लिएर विद्यालयमा तोडफोडमा उत्रने काम गरेपछि कार्कीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भीक अनुसंधानको क्रममा मदिरा सेवन गरेर खुकुरी लिएर विद्यालयमा गएको बुझिएको र थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।

‘पठनपाठन चलिरहेकै थियो, हामी केहि शिक्षकहरुले शुक्रवारीय कार्यक्रमको सरसल्लाह गरिरहेका थियौँ, उनी सटासट हातमा खुकुरी लिएर प्रधानध्यापकको कार्यकक्षमा पसेर टेवुलमा खुकुरी प्रहार गरे, केहि शिक्षक साथिहरुले निजबाट खुकुरी नियन्त्रणमा ल्याउने कोसीस गर्न खोज्दा खुकुरीले हान्ने धम्की दिएपछि विद्यालयमा विद्यार्थी र शिक्षकहरुको भागाभागको अवस्था आयो’,–विद्यालयका प्रअ मिनबहादुर खत्रीले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार