पीएम कप टी–२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पुलिस क्लवलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो ।

एपीएफका लागि ९औं नम्बरमा आएका अमर रौतेलाले १५ बल खेल्दै ३ छक्का र २ चौकाको मद्दतमा सर्वाधिक २९ रन बनाए । यस्तै लोकेश बमले २७, दीपक बोहोराले २४, सरद भेषवाकरले १९, भुवन कार्कीले १७ रनको योगदान गरे । ओपनिङमा आएका आशिफ सेख ९ र प्रदीप ऐरी ७ रनमै आउट भए भने किशोर महतोले ८, दीपक बोहोराले ६ र अविनास बोहोराले एक रनमात्रै जोडे ।

पूर्ण बिकले रन नजोडी आउट भए । पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले तीनरतीन विकेट लिए भने गुल्शन झाले दुई र आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एकरएक विकेट लिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार