नारायणहिटीभित्र रेष्टुरेन्ट बन्दैन : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटठी दरबारभित्र रेष्टुरेन्ट नबन्ने बताउनुभएको छ । बिहीबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो ।’नारायणहिटीभित्र बन्ने भनिएको रेष्टुरेन्ट एक दुई दिनका लागि रोकिएको होइन,’ उहाँले भन्नुभयो,’त्यहाँ रेष्टुरेन्ट बन्दैन ।’

यसअघि नारायाणहिटीभित्र बतास कम्पनीले रेष्टुरेन्ट बनाउने भनिएको थियो । तर, यसलाई मन्त्री आलेले रोकेका थिए । मन्त्री आलेले भन्नुभयो,’म जनसेवा गर्नेगरी राजनीतिमा आएको हुँ । मेरो मन्त्रालयभित्र जति पनि विकृति विसंगतिहरु छन्, त्यसलाई हटाउन लागिपर्ने छु ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार