काठमाडौँ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर मानिसहरुको मृत्यु भएको र यसलाई यसलाई मझौला लक्षणको भनेर नजरअन्दाज गर्न नहुने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।
डब्ल्युएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रिससले नयाँ भेरियन्टका कारण विश्वभर संक्रमितको संख्या तीव्र वृद्धि भएको र कोभिड अस्पताल भरिएको बताउनुभएको छ । खोप लगाउनेका लागि ओमिक्रोन संक्रमण डेल्टाको तुलनामा कम घातक छ ।
यसको अर्थ यो होइन कि यसलाई हल्क भनेर वर्गीकरण गर्नु हुँदैन्, ’ घिब्रिससले भन्नुभयो । अन्य भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य भएको उहाँको भनाइ छ । ‘यसअघिका भेरियन्टजस्तै ओमिक्रोनका कारण अस्पताल भर्ना हुनेको संख्या उल्लेख्य छ,’ उहाँले भन्नुभयो । ओमिक्रोनले स्वास्थ्य क्षेत्रमा सुनामी ल्याउन थालेको उहाँको भनाइ छ । नागरिक खबरबाट